गुल्मी सेवा समाज कतारद्वारा इस्मा हस्तिचौरका पहिरो पीडितलाई राहत प्रदान ।

अनुप ज्ञवाली, साउन १८ गुल्मी :
विश्व ब्यापी रुपमा कोरोना भाइरस साथै देशब्यापी रुपमा बाढी र पहिरोको कारण गुल्मी पनि अछुतो रहेन, गएको असार १८ गते गुल्मीको इस्मा गाउँपालिका वार्ड नम्बर १ हस्तिचौरमा पहिरोले जनधनको क्षति भएकोमा पहिरो पीडितलाई गुल्मी सेवा समाज कतारले राहत उपलब्ध गराएको छ ।
आज एक औपचारिक कार्यक्रमका बिच राहत स्वरुप नगद अक्षरुपी रु. एकाउन्न हजार एकसय पन्ध्र रुपैयाँ गुल्मी सेवा समाज कतारका सल्लाहकार नारायण के.सी. अर्याल, सचिवालय सदस्य अच्युत पौड्याल, आजिवन सदस्य थानेश्वर पोख्रेल र सदस्य भास्कर पौड्यालको रोहवरमा नेपाल रेडक्रस सोसाइटी हस्तिचौर उपशाखा सभापति शेरबहादुर कुँवर, बिपद ब्यवस्थापन समिति संयोजाक मिनबहादुर कुँवर, इस्मा गाउँपालिका वार्ड नम्बर १ का अध्यक्ष चुडा बहादुर कुँवरलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

उक्त राहत मध्य चेत बहादुर सारु जसको १८ महिनाकी नातिनी र टीका बहादुर खत्री जसको ८ बर्षका छोराको मृत्यु भएकोमा उहाँहरुलाइ प्रती ब्यक्ती ८ हजारका दरले रकम उपलब्ध गराउने साथै घरगोठ र पशु चौपायाको क्षति भएका गोकर्ण सुर्यबंशी, रामबहादुर के.सी., देब कुँवर, गुन्ज बहादुर घर्ती, मिना घर्ती, चेत बहादुर घर्ती, जानुका रेश्मी र शिव बहादुर सुनारलाई प्रती ब्यक्ति ४ हजारका दरले प्रदान गरिएको हो ।

त्यस्तै घरमा क्षति पुगेका अपांग ब्यक्ती सोम बहादुर मुखिया लाई तिनहजार एकसय पन्ध्र रुपैयाँ प्रदान गरिएको छ । गुल्मी जिल्लाबाट वैदेशिक रोजगारिका क्रममा कतारमा रहेका ब्यक्तिले थोरै धेरै रकम सहयोग गरि जम्मा गरेको रकमबाट यस्ता पुण्यकर्म गरिरहेको गुल्मी सेवा समाजले अब केही दिनमै रुरुक्षेत्र-५ बम्घा आटिपाटामा यहि साउन १६ गते राती पहिरोको कारण एकै परिवारका ४ जनाको मृत्यु भएको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको समेत त्यहाँ बाट गुल्मी सेवा समाज सचिवालय सदस्य अच्युत पौड्यालले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.