झुट्टा समाचार प्रति छत्रकोट गाँउपालीकाको ध्यानाकर्षण

अमर पन्थ असार २७

झुट्टा समाचार सम्प्रेशन गर्नेहरु प्रति छत्रकोट गाँउपालीको कार्यलयको गम्भिर ध्यानाकर्षण भएको छ । यहि असार २६ गतेका दिन अनलाइन मिडिया रेडियो एनआरएन डट कम र नेपाली रेडियो नेटर्वकमा प्रकाशन तथा प्रशारण भएको गुल्मीको छत्रकोट गाँउपालीकाका अध्यक्ष विरुद्धमा स्थानियको प्रद्धशन, लाखौ अनियमितता गरेको आरोपको शिर्षमा प्रशारण भएको समाचार प्रति गाँउपालीकाको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाएको छ । ध्यानकर्षण पत्रमा भनिएको छ । समाचारमा उल्लेख भएको स्थानीयको प्रदर्शन भन्ने शिर्षक नै भ्रामक भएको र सोहि दिन गाँउपालीकामा स्थानियले प्रदर्शण गरेको नभई नेपाली काग्रेस छत्रकोट गाँउपालीकाले ज्ञापन पत्र वुझाएको समेत गाउँपापालीकाले सवैलाई जानकारी गराएको छ । त्यस्तै गाँउपालीकाका अध्यक्षले डोजर प्रयोग गरेको र वागवाणि केन्द्रका लागी २२ लाख खर्च गरि ५० विरुवा लगाइएको भन्ने समचार सत्य तथ्यमा आधारित नभई झट्टा र भ्रामक रहेको ध्यानार्कषण पत्र मार्फत जनाइएको छ । गाँउपालीकाले गर्ने कामकारवाहि लाई पारदर्शि र जवाफ देहि ढंगले अगाडि बढाइएको तथा सर्वपक्षिय छलफललाई सधै उच्च महत्वका साथ आत्मसाथ गरि सोाहि गाँउपालीकाले सञ्चालन गरेका हरेक गतिविहिरु छत्रकोट गाँउपालीका बासी लगाएतलाई अवगतनै रहेको जानकारी गराउदै यस्ता भ्रामक र झुट्टा समाचारको विश्वास नर्गन गाउँपालीकाले आग्रह गरेको छ । छत्रकोट वासीहरुका हितका लागी दिन रात खटिरहेका जनप्रतिनिधिहरु माथी लाल्छाना लगाई सोझा साझा स्थानियहरुलाई भ्रम फैलाउने भुट्टा समचार प्रशारण नगर्न आगर्ह गर्दै भ्रामक प्रचार गरिएको प्रति खेद प्रकट गरिएको गाउँपालीकाका अध्यक्ष मधुकृष्ण पन्त र प्रमुख प्रशासकीय अधिृकृत भेषराज थापा द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत जानकारी गराइएको छ ।

Leave A Reply

Your email address will not be published.