छत्रकोट गाउपालिका गुल्मीमा नितिगत भ्रष्टाचार भएको काङ्ग्रेसको आरोप ,चरणबद्ध आन्दोलनको चेतावनी

असार २६, भुबन भुसाल गुल्मी :
नेपाली काङ्ग्रेस छत्रकोट गुल्मीले छत्रकोट गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
गाउँपालिकामा स्थान नखुलाइ सोलोडोलोमा बजेट बिनियोजन गरेको, कृषि बर्ष मनाउने घोषणा गरेपनी कार्यक्रम संचालनको स्पष्ट नीति नभएको, गाउँपालिकाका प्रत्यक कार्यक्रम लाई राजनितिकरण गरेको , बिकाशका काममा अरु दललाइ निषेध गरेको लगायतका आरोप लगाएको छ । नेपाली काङ्ग्रेस छत्रकोट सभापती धातानन्द भुसालले ज्ञापनपत्र गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थलाइ हस्तान्तरण गर्नु भएको थियो ।
आज गाउँपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै छाया सरकार प्रमुख अनन्त पौडेलले अबका दिनमा गाउपालिका नसुध्रीए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेबिसंघका पुर्व केन्द्रीय सदस्य मोति भण्डारीले नेपाली काङ्ग्रेस गाउँपालिकाको समृद्धिका लागि सधै सङ्गै रहेको तर बेथिति बिरुद्ध अब जनता माझ जाने भन्दै चेतावनी समेत दिनु भयो । ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले आफ्नो ध्यानाकर्षण भएको भन्दै सुझाबका लागि धन्यवाद दिनुभयो ।
ज्ञापन पत्र बुझाएपछी भएको कोणसभा समेत गरिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस छत्रकोट सभापती धातानन्द भुसाल, वार्ड न १ हुगाका सभापती महेश्वर भण्डारी , वार्ड न २ का सभापती नरेन्द्र बहादुर पल्ली वडा न ४ का सभापती जित बहादुर पौडेल लगायत नेपाली काङ्ग्रेस छत्रकोटका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र


Leave A Reply

Your email address will not be published.