श्रृङ्गा जनता माध्यमिक विद्यालयका सुस्त सर्वण विद्यार्थीहरुलाई विभिन्न सामाग्रीहरु प्रदान

अमर पन्थ असार २२ गुल्मी :
श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमचा रहेका सुस्त सर्वण भएका विद्यार्थीहरुको लागि प्रदेश नम्बर ५ सरकारले विनियोजन गरेको ३ लाख रुपौँया बजेटबाट विभिन्न सामाग्रीहरु प्रदान भएको छ ।
जसमा लोवेड चार ओटा, टेबुल, कुर्ची १० थान, विद्यार्थी तथा शिक्षकको लागि दराज र विद्याथीहरुको लागि पुस्तक वितरण गरीएको छ ।
त्यस्तै छत्रकोट गाउँपालिकाबाट विनियोजन गरीएको छ लाख ५० हजार रुपैँयाबाट विज्ञान प्रयोगशाला निर्माण सामाग्री खरिद गरीएको छ ।
साथै वडाबाट विनियोजन गरीएको एक लाख ५० हजार रुपैँयाबाट कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुको लागि फर्निचर निर्माण भईरहेको र यहि असार २५ गते विद्यालयमा आउने जानकारी गराईएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अधयक्ष हुमनाथ कंडेल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.