१३ बर्षमा गर्यो नवज्योति दिदिबहिनी समुहले कार्यकारिणी समिती पुनर्गठन

माधब ज्ञवाली ,असार २० गुल्मी : नवज्योति दिदिबहिनी समुह रुरुक्षेत्र ४ बलेटक्सार गुल्मीले आज एक कार्यक्रमको बिचमा कार्यकारिणी समिति पुनर्गठन गरेको छ ।
२०६४ साल असार ५ गते स्थापित यस दिदीबहिनी समुहमा लामो समयदेखि मोति क्षेत्रीको अध्यक्षता रहेको समितिले काम गरिरहेको थियो,तर स्थापना भएको १२ बर्ष अर्थात २०७६ साल असारमा विविध कारण देखाउदै समुहभित्रका केही दिदिबहिनीहरुले यस समुहलाई त्याग गरि देवि महिला समूह नामक नंया समूह गठन गरेका छन् । समुहबाट अलग्गिएर गएता पनि यस् दिदिबहिनी समूह कमजोर नरहेको र आगामी दिनमा अझ सशक्त ढंगले अघि बढी समाजिक कार्यमा अग्रसर हुने कुरामा समुहका प्रत्येक सदस्यहरुको एक मत रहेको छ।
नवनिर्मित समितिमा शारदा ज्ञवाली अध्यक्ष पदमा सर्वसहमतिले चुनिनुभएको छ भने गिता गौतम उपाध्यक्ष हुनुहुन्छ ।त्यस्तै सचिवमा तुल्सा गौतम,सहसचिवमा इन्दिरा गौतम,कोषाध्यक्षमा सावित्रा गौतम “क” र सह-कोषाध्यक्षमा सावित्रा गौतम “ख” निर्वाचित हुनुभएको हो।
त्यस्तै सदस्यहरुमा उमाकान्त क्षेत्री ,पविता ज्ञवाली,शान्ता गौतम,सीता ज्ञवाली ,दुर्गादेवी ज्ञवाली क्षेत्री ,शान्ती गौतम,कमला गौतम,गिता ज्ञवाली र लक्ष्मी ज्ञवाली “क” गरि १५ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको हो।
आजै बसेको भेलाले कृष्णबहादुर क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिती पनि गठन गरेको छ,जसमा दुर्गाप्रसाद गौतम,सन्दीप गौतम,माधब ज्ञवाली ,कृष्णप्रसाद गौतम,दिवाकर ज्ञवाली ,तुल्सिराम गौतम,गणेश गौतम,कोश्लेस्वर गौतम,सविता ज्ञवाली र लक्ष्मी ज्ञवाली “ख” सदस्य हुनुहुन्छ। प्रत्येक महिनाको ५ गते समितीको बैठक अनिवार्य रुपले बस्नुपर्ने र आवश्यक परेको खण्डमा अरु समयमा पनि बैठक राखिने बताइएको छ भने भविष्यमा यदि यस समुहभित्रका कुनै पनि सदस्य समूह छोडी बाहिर जाने भएमा समुहबाट कुनै पनि प्रकारको नगद ,जिन्सी वा कुनै पनि प्रकारको स्वामित्व नपाउने निर्णय पनि सर्वसहमतिले पारित भएको छ ।

आगामी दिनमा यस् समुहलाई सशक्त ढंगबाट अघि बढाउन सबैको उत्तिकै योगदान रहने भएकोले संबंधित सबैलाई आफ्नोतर्फबाट सहयोग गर्नुहुन नवनिर्मित समितिकी अध्यक्ष शारदा ज्ञवालीले अनुरोध गर्नुभएको छ।आगामी दिनमा समुहलाई एक उदाहरणीय दिदिबहिनी समूह बनाउन कुनै कसुर बाकि नराख्ने र सामाजिक कार्यहरू गर्दै जाने पनि उहाले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.