दौघा लिफटिङ खानेपानी योजनाको परिक्षण सफल

अमर पन्थ असार २० गुल्मी :
छत्रकोट गाउँपालिका वडा नं. ५ दौघा लिफटिङ खानेपानी योजनाको परिक्षण सम्पन्न भएको छ ।
यो योजना जिल्लामा क्रियाशिल सम्पूर्ण दलहरुको अथक पहलमा सुचारु भएको हो ।
स्थानिय सरकार आईसके पछि यस कामले तिब्रता लिएर अहिले परिक्षण सम्पन्न भएको छ । यस योजनाको लागि छत्रकोट गाउँपालिकाले पनि प्राथामिकता दिएर परिक्षण सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष नमर्दा भण्डारीले बताउनुभयो ।
स्थानिय निवार्चन भईसकेपछि विभिन्न ठाउँहरुबाट तीन करोड बजेट छुटयाइएको वडा अध्यक्ष थम्मन ज्ञवालीले जानकारी दिनुभयो ।
जसमा छत्रकोट गाउँपालिकाबाट , परराष्ट्रमन्त्रि संसद विकास कोषबाट, जिल्ला खानेपानि योजना गुल्मीबाट, संघिय सरकारबाट, प्रदेश नं. ५ संसद माननिय गिता थापाको संसद कोषबाट र विधुत्त प्राधिकरण गुल्मीबाट गरी करीब रु. तीन करोड जम्मा भएको वडा अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
दौघा साविकको वडा नं. ८ को खोक्का भन्ने ठाउँमा यसको मुहान रहेको छ । यसको भटिकल उचाई छ सय मिटर र जमिनको लम्बाई दुई हजार मिटर रहेको छ । त्यहाँ दुईलाख लिटर पानी अटने टंकी निमार्ण गरीएको र यस योजनाबाट त्यस क्षेत्रमा रहेका छ सय घरधुरी लाभाम्वित हुनेछन् ।
अहिले टंकीमा पानी खसालने काम पुरा भएको र अहिले बर्खाको समय भएको कारण भदौ देखि एक घर एक धारालाई अभलम्बन गर्दै सम्पूर्णको घरमा पानी पुयाउने वडा अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । साथै यस योजनाको लागि यस क्षेत्रमा क्रियाशिल विभिन्न राजनितिक दलहरुको पनि सहयोग रहेको ज्ञवालीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.