गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट सर्वसम्मत पास/रेडियो श्रृङ्गेश्वर

भुबन भुसाल असार १२,गुल्मी

गुल्मीदरबार गाउपालिका गुल्मीको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट सर्वसम्मत पास भएको छ । बुधबार छैठौं गाउसभामा गाउँपालिका अध्यक्ष असोक थापाले गाउसभामा पेश गर्नु भएको बजेट आजको सभाले पास गरेको हो ।
गुल्मीदरबार गाउपालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २२ लाख २३ हजार ८ सय ६४ को बजेट गाउँ सभामा पेश गरेको गरेको थियो । गाउँपालिकाले यो बर्ष कोरोना महामारी पछिको अवस्था सुधारका निम्ति कृषि उत्पादनमा जोड दिएको छ । यो बर्षको बजेटमा बाझो जमिन उपयोगका लागि भुमी बैंकको स्थापना, ब्यवसायिक पशु पालन, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण , युवा स्वरोजगार, आय आर्जनका कार्यक्रममा जोड दिदै क्षमता बिकास कार्यक्रम, स्वास्थ्य र शिक्षा, बिपद ब्यवस्थापन, सडक खानेपानी तथा पुर्वाधार निर्माण, पर्यटन बिकास लगायतका कार्यक्रम प्राथामिकतामा परेका छन ।
आज सम्पन्न छैटौं गाउसभामा विभिन्न वडाका प्रतिनिधिले कोभिड १९ को प्रभाबमा परेका बिद्यार्थीका लागि थप कक्षा संचालनका लागि रकम बिनियोजन गर्न, गाउँपालिकामा संचालित विभिन्न बिकाश निर्माणका कामको मुल्यांकन अझै व्यापक बनाउनु पर्ने लगायतका सुझाब दिएका छन ।

सभामा उठेका बिषयहरुको गाउँपालिका अध्यक्ष असोक थापाले जवाफ दिनु भएको थियो ।
आज नै सम्पन्न छैटौं गाउँसभाले आर्थिक ऎन २०७७ र गुल्मीदरबार गाउँपालिकाको बिनियोजन एन २०७७ र कार्यपालिकाका २०७६/०७७ का निर्णयहरु समेत सर्वसम्मत पास गरेको छ ।
पुरा भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस्

Leave A Reply

Your email address will not be published.