छत्रकोट गाउँपालिकाको पहलमा सिमानाकामा अलपत्र एक सय ११ जनाको उद्धार

अमर पन्थ, जेठ १३ गुल्मी :
छत्रकोट गाउँपालिका गुल्मीले भारतको विभिन्न ठाउँबाट आई नेपाल भारत सिमानाकामा अलपत्र परेका एक सय ११ जना नेपालिको उद्धार गरेको छ ।
जसमा छत्रकोट गाउँपालिका वडा नम्बर १ हुगाँका ९ जना वडा नम्बर २ पलिल्कोटका १४ जना , वडा नम्बर ३ हर्दिनेटाका ७ जना, वडा नम्बर ४ दिगामका ८ जना , वडा नम्बर ५ खज्र्याङका ६० जना र वडा नम्बर दौघाका ८ जना गरी कुल एक सय ११ जना रहेका छन् ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को कारण रोजगार गुमाएर नेपाल आउने क्रममा नेपाल भारत सिमानाकामा अलपत्र परेका एक सय ११ जनाको गाउँपालिकाले सिमानाकामा बस पठाई उद्धार गरेको छ ।
अझै पनि विभिन्न माध्यमबाट सिमानाका सम्म आई गाउँपालिकामा सम्र्पक गरेमा गाउँपालिका भित्रका व्यक्तिहरुलाई गाउँपालिकामा ल्याउने कार्यलाई निरन्तरता दिने छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो ।
भारत तथा अन्य तेस्रो मुलुक र देश भित्रकै पनि संक्रमण फैलिएका स्थानबाट आउने तथा सरकारले तोकेको रेडजोनबाट गाउँपालिका भित्र आउने सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिने गाउँपालिका उपाध्यक्ष नमर्दा भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले अहिले उद्धार गरी ल्याइएका सम्पूर्णलाई विभिन्न वडामा निमार्ण भएका क्वारेनटाइन राखिने साथै गाउँपालिकाले अन्य ठाउँमा अलपत्र मानिसको उद्धार गरिरहेको र यो संख्या बढने पनि गाउँपालिका प्रमूख प्रशासकिय अधिकृत भेषराज पन्थले जनकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.