रुरुक्षेत्र ५ छम्दिखोलामा स्टिल ट्रस्ट पुलको सिलन्यास,यसै आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न हुने

माधब ज्ञवाली चैत्र २ गुल्मी :
झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत रुरुक्षेत्र गाउपालिका वडा न. ५ छम्दिखोलामा छम्दिघाट स्टिल ट्रस्ट पुलको आज एक कार्यक्रमका बिचमा सिलन्यास गरिएको छ ।
रुरुक्षेत्र गाउपालिका अध्यक्ष निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा न.५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवाली र उपभोक्त समिती अध्यक्ष घनश्याम पाण्डेको बिशेष अतिथ्यता रहेको थियो ।
साविकको वडा न. ५ र वडा न.१/२ जोड्ने चौबीस मिटर लामो स्टिल ट्रस्ट पुलको गाउपालिका अध्यक्षले सिलन्यास गर्नुभएको हो । पुल बन्ने भएपछी त्यहाका पिछडिएका बोटे बस्तीका स्थानीयहरु हर्षित भएका छन । यो पुल बनेपछी अब त्यहाका स्थानीयहरुलाई उल्लिखोला बजार र खैरेनी बजार आवतजावतमा सहजता आउने छ भने बर्खाको समयमा गत बर्षहरुमा जस्तै खतरा मोल्नुपर्ने बाध्यताबाट मुक्ती पाउने छन ।
अहिले त्यस पुल बन्ने ठाउमा सामान्य खालको कच्ची पुल रहेको छ । बन्दै गरेको सो पुलको लागि जम्माजम्मी चौबिस लाख छब्बीस हजार आठ सय बयानब्बे रुपैयाँ अनुमानित बजेट लाग्ने छ,जस मध्य श्रमदान मार्फत अड्चालिस हजार सहयोग प्राप्त हुनेछ भने गाउपालिकाले पनि तीन लाख सतहत्तर हजार सहयोग गरेको छ भने बाकी बजेट क्षेत्रगत कार्यक्रमको रहनेछ ।
पुलको काम यसै आर्थिक बर्षमा सक्ने गरि अघि बढाइने सब इन्जिनियर डिल्लीराज खनालले जानकारी दिनुभएको छ भने आगामी बर्षको लागि एक्लेपिपल रिडिमा पनि पुल निर्माण कार्यको लागि डिपिआर तयार गर्ने प्रक्रियामा लागिरहेको उहाले बताउनुभएको छ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष निलकण्ठ गौतमले निर्माणकार्यमा प्रयोग गरिने सरसामाग्री एकदमै गुणस्तरीय हुनुपर्नेमा ध्यानाकर्षण गराउनुको साथै निर्माण कार्य निर्धारित समयमा नै सक्नेगरि अगाडि बढाउन निर्देशन दिनुभएको छ भने वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले पनि छिटोभन्दा छिटो पुलनिर्माणको कार्यलाई सम्पन्न आग्रह गर्नुको साथै बेलाबेलामा वडाले अनुगमन गरिरहने पनि बताउनुभएको छ ।
कार्यक्रमको संचालन सब इन्जिनियर डिल्लिराज खनालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस