रुन्खा दह माबी गुल्मीको २९ औ बिदाई समारोह समापन

शंकर कंडेल, फाल्गुण २५ गुल्मी :
गुल्मी जिल्ला गुल्मीदरवार गाउँपालिका वाड नम्बर ४ अबस्थित रुन्खा दह माबिको आज एक विशेष कार्यक्रम बिचमा कक्षा ९ द्वारा कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
बिदाइ समारोहमा सभाद्क्ष्य बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद शर्मा रहनु भएको थियो भने प्रमुख अतिथि वाड नम्बर ४ वाड अध्यक्ष खुम बहादुर पल्ली रहनु भएको थियो ।
कार्यक्रम कक्षा ९ मा अध्ययनरत भाइ विशाल अर्याल को स्वागत मन्तव्य बाट सुरु भएको थियो भने विभिन्न अतिथी द्वारा शुभकामना मन्तव्य दिनु भएको थियो ।
समापन को क्रममा सभाध्क्ष्य ठाकुर प्रसास खनालले अहिले बिद्यालयले विभिन्न कुराहरु परिक्षण गरि रहेको र यसको फल अब चाडै नै खाने भनी घुमाउरो पारामा बिद्यालयले पढाइको गुणस्तरमा निकै फडको मारेको कुरा उल्लेख गर्नु भएको थियो ।
शुभकामना मन्तव्य दिदै ग्रीन वर्डका प्र अ सन्तोष शर्माले विद्यार्थीलाई ढुक्क रहेर परिक्षामा समेल हुन अनुरोध गर्दै उत्कृष्ट नतिजाको लागि अग्रिम शुभकामना दिनु भएको थियो भने प्रदेस नम्बर ५ मगर सङघ कि सदस्य शुसिला पुनले परिक्षा को समय निकै संबेदनसिल हुने हुदा निकै ध्यानपुर्वक पढ्न को लागि अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थी द्वारा कक्षा १० विद्यार्थीलाई माला , मायाको चिनो तथा अबिर द्वारा सम्मान गरिएको थियो भने आफुलाई अध्यापन गराउने शिक्षक हरुलाई मायाको चिनो सहित अबिर द्वारा कक्षा १० का विद्यार्थी द्वारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रम शिक्षिका गोमा शर्मा गौतम द्वारा संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस