विहानी युवा कल्ब बिरबास मिसुगाको भलिबल प्रतियोगिता सम्पन्न,इन्द्रणी युवा कल्ब पूर्खे प्रथम

इश्वरी बश्याल फाल्गुण ६ :

विहानी युवा कल्ब गुल्मीदरबार गाउँपालिका ४ बिरबास मिसुगा गुल्मीको १७ औ बार्षिकउत्सब तथा सातौँ अधिबेसनको अबसर पारी भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम इन्द्रणी युवा कल्ब पूर्खे, द्धितिय बिहानी युवा कल्ब मिसुगा र तृतिय जन विकास युवा कल्ब बलिथुम भएका छन् ।
कल्बका अध्यक्ष लुम बहादुर डम्बरपालको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि गुल्मीदरबार गाउँपालिका वडा नं. ४ का अध्यक्ष खुम बहादुर पल्ली, विशेष अतिथि रुन्खादह माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ठाकुर प्रसाद खनाल, ग्रिनवर्ड ईङलिस बोर्डिङका प्रिन्सीपल सन्तोस शर्मा, वडा नं. ४ का वडा सदस्य लेख बहादुर कार्की, वडा नं. ३ नेकपा वाड कमीटी अध्यक्ष मेघ बहादुर गाहा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन हेमन ढेगाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संस्कृतिक नृत्य समेत प्रस्तुत भएका थिए ।

Leave A Reply

Your email address will not be published.